राजनीति

२ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनको सबै परिणाम आयो, कस्ले कति सिट जिते

२ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनको सबै परिणाम आयो, कस्ले कति सिट जिते

काठमाडौं। २ नम्बर प्रदेशमा भएको स्थानीय तह निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ ।


१३६ स्थानीय तह रहेको २ नम्बर प्रदेशमा सबै तहको मतपरिणाम सार्वजनिक भएको हो । बुधबार साँझ सप्तरीको राजविराज नगरपालिकाको परिणाम आएसँगै सबै नतिजा सार्वजनिक भएको हो । योसँगै १३६ स्थानीय तहमध्ये ४० तहका प्रमुखरअध्यक्षमा जितेर नेपाली कांग्रेस २ नम्बर प्रदेशमा पहिलो दल बनेको छ ।

२६ तह जितेको संघीय समाजवादी फोरम दोस्रो र २५ तह जितेको राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल तेस्रो बन्न सफल भएको छ । यसैगरी, माओवादी केन्द्रले २१ स्थानीय तह, नेकपा एमाले १८, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी नेपालले एक स्थानीय तहमा जितेका छन् ।

घोषित पछिल्लो परिणामअनुसार राजविराज नगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार शम्भुनाथ यादव विजयी भएका हुन् । उपमेयरमा पनि राजपाकै साधना झा विजयी भइन् ।

विशेष