हिन्दू राष्ट्र र राजसंस्था स्थापनाका लागि आन्दोलन सुरु
काठमाडौं । शिव सेना नेपालसहित नौवटा दल तथा संस्थाले हिन्दू राष्ट्र र राजसंस्था पूनस्र्थापनाको उद्देश्य राखेर सोमबारदेखि आन्दोलन घोषणा गरेका छन् । हिन्दू अधिराज्य स्थापना आन्दोलन समिति गठन गरेर यस्तो आन्दोलन सुरु भएको घोषणा गरिएको हो । समितिका तर्फबाट सोमबार जारी विज्ञप्तिमा उद्देश्य पूरा भएपछि मात्रै आन्दोलन समाप्त हुने उल्लेख छ ।
शिव सेनाका अध्यक्ष तथा हिन्दू अधिराज्य स्थापना आन्दोलन समितिका संयोजक अनिल बस्नेत (बाबा) द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नैतिकताहिन, भ्रष्ट नेताहरु तथा बाहिरबाट आयात गरिएको गणतन्त्र धर्म निरपेक्षता र संघीयताजस्तो बिषालु हतियार प्रयोग गरेर नेपाल विखण्डन गर्ने, हिन्दू धर्म संस्कृति संस्कार र परम्परा समाप्त गर्ने राष्ट्र कंगाल बनाउने कुटनीति र राजनीति बोकेर हिँड्ने दलालहरुका नाइके ने आज नेपाल र नेपालीका दुश्मन बनिसकेका छन् ।’
यस्तो दूरावस्थाबाट मुलुकलाई जोगाउन आन्दोलनको विकल्प नभएको विज्ञप्तिमा उल्लेख छ । नेपाली जनताको एकता र राष्ट्रवादीहरुको संयुक्त एवं सशक्त आन्दोलनले मात्र यिनलाई पराजित गर्न सकिने हुनाले देशको सम्पूर्ण राष्ट्रवादी संघ संस्थाहरुको एकताबाट हिन्दू अधिकाराज्य स्थापना आन्दोलन समिति गठन भइसकेको जानकारी दिइएको छ ।
विज्ञप्तिमा आन्दोलनमा सहभागी हुन आह्वान गर्दै लेखिएको छ, ‘यतिबेला देशमा रहेका साधुसन्त र धर्मको दुरावस्था बढ्दो गरिबी व्याप्त भ्रष्टाचार युवा बेराजेगारी अन्याय
अत्याचार जस्ता अनेक पीडाबाट पीडित सममाजको लाग पीड दिने तत्व समाप्त गर्ने एउटै विकल्प बाँकी थियो । राष्ट्रवादी शीक्तको ध्रुवीकरण र शसक्त आन्दोलन शान्तिपूर्ण हुनेछ । राजसंस्था स्थापना र अखण्ड नेपाललाई आँच आउने सबै प्रकारका षडयन्त्र निर्मूल पारिनेछ ।’
हिन्दू अधिराज्य स्थापना आन्दोलन समितिमा नेपाल विद्वत परिषद्, राष्ट्रिय सरोकार मञ्च, विश्व हिन्दू महासंघ, श्रीराम हनुमान मण्डल, बृहत राष्ट्रवादी मोर्चा, हिन्दू पुनस्र्थापना मञ्च, नागरिक संघर्ष समिति र नेपाल राष्ट्रवाद संघ छन् ।