भिडियो स्ट्रेट फरवार्ड

छ–सात वर्षकै उमेरमा बाबुरामलाई ईसाइ मिसिनरीले संक्रमित पारिसकेको रहेछ (भिडियोसहित)

---पछि त बाबुरामको रगत नै फेरियो

छ–सात वर्षकै उमेरमा बाबुरामलाई ईसाइ मिसिनरीले संक्रमित पारिसकेको रहेछ (भिडियोसहित)

डा. प्रेम सिंह बस्न्यात नेपाली सेनाका अवकाशप्राप्त जनरल हुनुहुन्छ । नेपालको राष्ट्रियता, देशभक्ति, सार्वभौमिकतामा दृढ उहाँको गुनासो नेपालका नेताहरुप्रति छ । नेपाली सेनाका व्यवसायिकतामा खलल पार्ने प्रयास विगतमा राजनीतिक तहबाटै भएको थियो । नेपालको आन्तरिक सुरक्षादेखि अन्तर्राष्ट्रिय सुरक्षामा पनि गहिरो अध्ययन गर्नु भएका बस्नेतले भिडियो अन्तर्वार्ताका क्रममा राख्नु भएका धारणाको सार यस्तो छः

 

नेपालमा एक लाख हाराहारीमा सेना छन् । यो सेनाले चीनका सेना वा भारतका सेनासँग युद्ध गर्न सक्दैन । किनभने संख्यात्मक हिसाबले नै चीन र भारतसँग धेरै सेना छन् । यसकारण सेनालाई फास्ट ट्रयाक जस्तै योजनाहरुमा प्रयोग गर्नु पर्छ भन्ने कुरा छ । तर मेरो मतमा के हो भने सेना आफै रोजगार छ । उसको आफ्नै काम छ । योजनाहरु सेनालाई दिँदा अरु बेरोजगार युवाको रोजगारी खोसिन्छ ।

 

नेपालमा दुई खाले सेना हुनु पर्छ । पहिलो खाले सेना अरिंगाल जस्तो, बिजुली जस्तो तेज सेना तयार पार्ने । यस्ता सेना ३०–४० हजार राख्ने । बाँकी राणाकालमा जस्तो मिलिसिया जस्तो बनाएर विकासमा प्रयोग गर्न सकिन्छ ।

 

जर्नेलको घरमा भाडा माझ्ने सिपाइ

कुन जनरलको घरमा कतिजना सिपाईले घरको काम गरिरहेका छन् भन्ने मैले त गएर हेरेको छैन । तर कतिपय मुलुकहरुमा सेनाका उच्च पदस्थ व्यक्तिहरुलाई सहयोगी, सुरक्षाका लागि भनेर नियमअनुशार प्रबन्ध गरिन्छ । नेपालमा पनि छ । थाइल्यान्डमा त अवकाशप्राप्तहरुलाई पनि सुविधा दिइन्छ । फेरि नेपाली सेनामा एउटा बन्दोवस्ती कार्य सिपाई भन्ने हुन्छ । जहाँ कसैलाई जुत्ता सिलाउनकै लागि भर्ना गरिन्छ । कसैलाई कपाल काट्नकै लागि भर्ना गरिन्छ । यो संसारभर हुन्छ । राइफल चलाउन सिकाएकाहरुलाई भाडा माझ्न लगाइदैन ।

माओवादीलाई युरोपेलीले लगानी गरिदिए

माओवादीले गरेको जनयुद्धमा युरोपेली मुलुकहरुको सहयोग थियो । उनीहरुको लगानी थियो । १६–१७ औं शताब्दीमा भारतीय र युरोपेलीहरु अरुका दास थिए । आज २१ औं शताब्दीमा हामी युरोपेलीर भारतको दास भएका छौं । बनाइएका छौं । शेरबहादुरजी पनि भारतको दास हो ।

 

माओवादीले युद्ध गरे । अहिले देशको पैसा जति सबै माओवादीहरुको हातमा पुगेको छ । १० देखि ५० भित्रका धनाढ्य खोज्ने हो भने सबै माओवादी छन् । अर्बौ अवैध पैशा सबै माओवादीको हो । १७ हजार मान्छे मारेर भारतको दास किन हुनु परेको हो ?

 

नेपालमा बुद्धिजीवी गुलामहरु छन् । शेरबहादुर देउवाको गुरु भनेको लोकराज बराल भन्ने संदिग्ध हो । पोहोर साल प्रचण्ड भारत भ्रमणमा गएर २५ बुँदे समझदारी गरे । ११ नम्बर बुँदाले नेपालको सार्वभौमिकता भारतलाई बुझाएको देखाउँछ । तर यसबारे कोही बोल्दैन ।

 

१९५० को सन्धिभन्दा पनि खतरनाक समझदारी प्रचण्डले गरिसकेका छन् । पाँच नपढेका मोहन शमशेरले १९५० को सन्धि गरे । तर धेरै पढेकाले देश बेचिरहेका छन् । २१ शताब्दीमा हामीलाई भारतको दलाल बनाउनेहरुलाई कालोमोसो दलिदिए हुन्छ ।

 

लोकराज बराल भन्ने मान्छे मर्ने बेलाका छन् । यी यस्तो संदीग्ध हुन कि यिनी नेपालको अहित हुने गरी जे पनि गर्छन । १९५० को सन्धिले नेपालको परराष्ट्र र सुरक्षा भारतले भने अनुशार हुन्छ भनेर यिनले बोले । लेखे । अब भन्नुस यो मान्छे के हो ? यस्तालाई के गर्नु पर्ला ? यस्ता कुपुत्र प्राज्ञ विज्ञ कसरी हुन्छन् ? यी कुपुत्रहरुले नेपाल भारतको हातमा छ भने । शेरबहादुर उनका चेला हुन् । त्यस्तो कुरा पत्रिकामा छपाइयो । तराईका दलाललाई हिन्दी भाषा चाहिएको छ ।

 

बाबुराम भट्टराई, लोकराज बरालहरुलाई म भन्न चाहन्छु कि विदेशीको पैसा खाएर नेपालको विरोध नगर्नुस । नेपाललाई भारतको माटोमा मिसाउने चाहना छाड्नुस ।


म फेरि पनि भन्छु लोकराज बरालले गल्ला अफिस खोलेका छन् । प्राज्ञिक गल्लाको अफिस खोलेका छन् । छात्रवृत्तिको लोभ देखाएर नेपालविरोधी बनाउने काम गरिरहेका छन् । यी मर्न लागेका छन् । यिनी किनिएका छन् । जसले उनलाई किनेको छ, उसको पक्षमा काम गरेन भने मारिहाल्छ ।

 

नेपालमा ३ वटा डाक्टरले देश डुबाएको मैले पाएँ ।

डा. रामशरण महतले परार बेस्ट अर्थमन्त्रीको उपाधि पाउँदा घरमै गएर उहाँलाई बधाइ दिए । तर खोज्दै जाँदा थाहा भयो चीन र रसियाले नेपालमा खोलिदिएका सबै उद्योग समाप्त पार्ने त यिनै रहेछन् । बाँसबारी जुत्ता कारखानाका जुत्ता नेपाली सेनाले लगाउँथे । हेटौडा कपडा उद्योगको कपडा सेना प्रहरीले लगाउँथे । तर आउ डा. महतले सबै सके । त्यो पनि निजीकरणका नाममा । एउटा डाक्टरले कति बिगार्दो रहेछ । थाहा भइहाल्यो ।

 

एउटै चुडामणि शर्माले हेर्नुस त, कति सिध्याएछ ।

 

अर्को डाक्टर बाबुरामलाई हेर्नुहोस त । ६–७ वर्षकै उमेरमा बाबुरामलाई इसाइ मिसिनरीले त्यही बेला संक्रिमित पारिसकेको थियो । अहिले पनि बाबुरामका गुरुआमा अमेरिकामा बस्छिन् । त्यहाँबाट ठ्याक्कै जेएनयु गए । त्यहाँ त बाबुरामको रगत सबै फेरियो । यति धेरै पढेको मान्छे । यिनलाई सिंगो नेपाल असह्य भएको छ । गोर्खामा पृथ्वीनारायणको शालिक ढाले । अन्तिममा एसडी मुनीका चेला बने ।

 

प्रबुद्ध समूहमा भएका डा. भेषबहादुर थापा, निलाम्बर आचार्य, डा. राजन भट्टराईहरुलाइ मेरो आग्रह छ । तपाईहरु अनि र पनि, ‘बट’ र ‘ह्वेन’ लेकिन र किन्तुमा नलागी सिधा सिधा सन्धि संशोधन गर्नु पर्छ । गर्नुस ।

Presm Singh Basnet डा. प्रेमसिंह बस्न्यात स्ट्रेट फरवार्ड माओवादी

विशेष