नाङ्गै बसेर रमाउन न्यूडिस्ट पार्क खुल्यो, यसरी रमाउँछन् प्रकृतीप्रेमी
पेरिस । फ्रान्सको राजधानी पेरिसमा पहिलोपटक नाङ्गै बसेर आनन्द लिन चाहने प्रकृतीप्रेमीहरुका लागि ‘न्यूडिस्ट पार्क’ खुल्ला गरिएको छ ।
पेरिसको चरा संरक्षण केन्द्र नजिकै रहेको ‘बोइस डी विन्सेनस पार्क’भित्र निर्माण गरिएको उक्त ‘न्यूडिस्ट पार्क’ सेप्टेम्बर महिनाको सुरुसँगै खुल्ला गरिएपछि १० जना प्रकृतीप्रेमीहरुले सामुहिक रुपमा नाङ्गै बसेर आनन्द लिएका छन् ।
‘मिरर अनलाइन’का अनुसार फ्रान्सेली नागरिकहरुले राजधानीमा नाङ्गै बसेर आनन्द लिन एक हरियाली ‘न्यूडिस्ट पार्क’को माग गरेको लामो समयपछि पेरिसका मेयरले उनीहरुका माग पुरा गरीदिएका हुन् ।
फ्रान्सका अधिकारीहरुले गरेको एक अध्ययन अनुसार फ्रान्समा ४०० भन्दा बढी सामुद्रिक तटमा करिव २५ लाखभन्दा बढी नागरिकले ‘न्यूडिज्म’ अर्थात नाङ्गिएर आनन्द लिने अभ्यास गर्दछन् ।
सरकारको तथ्यांकमा आफ्ना नागरिक ‘न्यूडिज्म’प्रति आर्कषित भएको देखेपछि यसलाई सम्बोधन गर्न ‘न्यूडिस्ट पार्क’ खोलिएको बताइएको छ ।
पेरिस मेयर कार्यालयले पहिलो ‘न्यूडिस्ट पार्क’ खुल्ला गर्दै एक प्रयोगात्मक कदम भएको बताएको छ । कार्यालयले भनेको छ, ‘यो पेरिसको सार्वजनिक स्थानको प्रयोगको लागि खुल्ला दिमागको लक्ष्य हो ।’
मेयर कार्यालयले आगामी अक्टुबर १४ सम्म बिहान ८ बजेदेखि बेलुका ७.३० सम्म पार्क खुल्ला गरिने जनाएको छ ।