राजनीति

टिकट विवादले सिराहामा काँग्रेसका कार्यकर्ता बिच खुकुरी हानाहान

टिकट विवादले सिराहामा काँग्रेसका कार्यकर्ता बिच खुकुरी हानाहान


काठमाडौं । उम्मेदवार छनौटको विवादले नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय सिरहामा खुकुरी हानाहान भएको छ ।  मेयरको टिकट पाएका डा. सुभाषचन्द्र यादव र असन्तुष्ट उपेन्द्र यादव पक्षबीच खुकुरी हानाहान भएको हो ।

दुई पक्षबीच भएको झडपमा १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति संजय यादव, बुधन यादव, देबनाथ सहनी, राजेश्वर यादव, रामबाबु यादव, अरुण यादव, जगदिश यादव लगायत कार्यकर्ता घाइते छन् । घाइतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ ।

विशेष