राजनीति

तेस्रो चरणको निर्वाचनमा तालमेल नगरी दलहरु एक्ला एक्लै भिड्दै

तेस्रो चरणको निर्वाचनमा तालमेल नगरी दलहरु एक्ला एक्लै भिड्दै

काठमाडौं। स्थानीय तहको तेस्रो चरणको चुनावमा सत्ता समर्थक दलहरुबीचको ‘महागठबन्धन’ बनाउने प्रयास विफल भएको छ ।

प्रमुख विपक्षी एमाले बाहेक तुलनात्मक रुपमा नजिक रहेका कांग्रेस, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक लगायत दलहरुको गठबन्धन प्रयास भए पनि बुधबारको उम्मेदवारी दर्तामा त्यो देखिएन ।

तीन वटा स्थानीय तहबाहेक सबैमा दलहरुले आ–आफ्ना उम्मेदवारी दिएका छन् । धनुषाको मिथिला र बाराको निजगढमा कांग्रेस र माओवादी केन्द्र तथा सप्तरीको रुपनी गाउँपालिकामा राजपा र संघीय समाजवादी फोरमबीच तालमेल भएको छ । त्यस बाहेक अन्य स्थानका प्रमुख पदमा सबै दल एक्लाएक्लै भिड्दैछन् ।

कांग्रेस र माओवादी केन्द्रबीच १० भन्दा बढी स्थानीय तहमा तालमेल गर्ने तयारी थियो ।

कान्तिपुर

विशेष