राजनीति

महानगरको महासंग्राम : वीरगन्जमा कसले मार्ला बाजी

महानगरको महासंग्राम : वीरगन्जमा कसले मार्ला बाजी

काठमाडौं । देशकै प्रमुख आर्थिक नगरी एवं दुई नम्बर प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जको प्रमुख पद हत्याउन दलहरू लागिपरेका छन् । प्रमुख दलसहित मधेसी दल कसरी महानगरको नेतृत्व गर्न सकिन्छ भन्नेमा शक्ति खर्चिरहेका छन् । 

बुधबार कांग्रेस, एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, फोरम नेपाल, राजपासहित स्वतन्त्र गरी दर्जनौं उम्मेदवारले महानगर नेतृत्वका लागि मनोनयन दर्ता गराएका छन् ।

उम्मेदवार छान्न सकस

दललाई वीरगन्जका लागि उम्मेदवार छान्न सकस परेको थियो । सबै दलको चासो वीरगन्जका लागि प्रकट हुनुका पछाडि के कारण छ रु वीरगन्जका एक पुराना राजनीतिकर्मी हरेन्द्र सिंह भन्छन्, ‘यो सत्ता र शक्तिसँग गाँसिएको विषय हो । लामो समय वीरगन्जमा बसेर कांग्रेसको राजनीतिमा सक्रिय सिंह केही समययता मधेसी पार्टीमा आबद्ध भए पनि स्वतन्त्रपूर्वक विश्लेषण गर्न रुचाउँछन् । उनी भन्छन्, ‘यो आज मात्रै देखिएको होइन, ०४६ पछिका हरेक निर्वाचनमा दलहरूको केन्द्रीय नेतृत्वले वीरगन्जलाई चासोपूर्वक लिँदै आएको छ ।

पैसाको अत्यधिक हाबी

वीरगन्जका अधिवक्ता वीरेन्द्र यादवका अनुसार वीरगन्जको नेता भएपछि केन्द्रमा स्थापित हुन सजिलो हुने भएकाले यहाँको नेतृत्व गर्न होड चल्ने गरेको हो । यादव भन्छन्, ‘राजनीतिमा पैसाको महत्वव अत्यधिक हाबी भयो, आर्थिक नगरीसमेत रहेको वीरगन्जको नेतृत्वले त्यो सजिलै म्यानेज गर्न सक्छन् भन्ने स्थापित मात्रै होइन, व्यहवारमै देखियो, जसकारण सबैको चासो बढेको हो ।

भारतसँग समेत सम्बन्ध विस्तार

‘वीरगन्जको महत्वव यतिमा सीमित छैन, अधिवक्ता यादव भन्छन्, ‘यो सहर दुई वर्षअगाडि मात्रै ६ महिना प्रभावित हुँदा हरेक नेपालीको चुलोमा प्रभाव पर्‍यो । ‘यहाँ भारतको महावाणिज्य दूतावासदेखि भारतका अनेकन व्यापारिक संरचना छन्, राजनीतिज्ञ सिंह भन्छन्, ‘जसकारण यहाँका नेतालाई भारतसँग सम्बन्ध बनाउनसमेत सजिलो हुने गरेको देखियो । सिंह भन्छन्, ‘नेपालको राजनीतिमा भारतको प्रभाव अब बहसको विषय नै छैन, भारतसँगको सम्बन्ध हाम्रो राजनीतिमा महत्ववपूर्ण देखिन्छ । त्यसैले यहाँको राजनीतिक नेतृत्व गर्न सक्नेले भारतसँग समेत सम्बन्ध विस्तार गर्न मौका पाउँछन्, आर्थिक रूपमा पनि सहज उक्लिन्छन् ।

अन्नपूर्ण पोस्ट

विशेष