राजनीति

चितवनबाट चुनाव लड्ने प्रचण्डको घोषणा

चितवनबाट चुनाव लड्ने प्रचण्डको घोषणा


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न संघीय संसदको चुनाव चितनवबाट लड्ने घोषणा गरेका छन् ।

प्रचण्डले चितवनको कुन क्षेत्रबाट लड्ने तय हुन बाँकी रहेको बताए । प्रेस सेन्टर शुक्रबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय पार्टी कमिटीसँग छलफल गरेर कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने तह गर्ने बताए ।

प्रदेश र संसदको चुनाव मंसिर १० र २१ मा गर्ने निर्णय भइसकेको छ र चितवनमा तीन वटा निर्वाचन क्षेत्र बनेको छ ।

जिल्लाको विकासका लागि पूर्वाधार निर्माणमा आफ्नो प्राथमिकतामा रहेको उनले बताए । नारायणी र राप्ती नदीलाई जोडेर रिङरोड बनाउने तथा बिदेशी विकसित शहरहरुसँग भरतपुरलाई जोड्ने उनले बताए ।

प्रचण्डले माडीका जनताको समस्या दीर्घकालीन रुपमै समाधान गर्न पहल भइरहेको दाबी गरे ।

विशेष