जब दुई विमान आमने–सामने भए
काठमाडौं । अष्ट्रेलियाको सिड्नी विमानस्थल अष्ट्रेलियाको एउटा महत्वपूर्ण विमानस्थल हो ।
यो विमानस्थल आधारित भएर क्वान्टास एयरवेज सञ्चालन हुन्छ। यो बाहेक भर्जिन अष्ट्रेलिया, जेटस्टार एयरवेजसहितका विमान कम्पनीहरुले पनि यो विमानस्थललाई आफ्नो दोस्रो हबको रुपमा राखेका छन् ।
सिड्नी विमानस्थल नजिकै ११ मार्च २०११ मा एउटा यस्तो तस्विर खिचिएको थियो त्यो यतिबेला इन्टरनेटमा चर्चित बनिरहेको छ । फोटोग्राफर डामियन आइलोले खिचेको तस्विरमा क्वान्टास एयरवेज र एयर न्युजिल्यान्डका दुई विमान जुध्न लागे जस्तो देखिन्छ ।
वास्तविकतामा भने दुई जहाजहरुबीच दुरी निकै नै थियो । क्वान्टासको एयरबस ३८० विमानस्थलको आकासमा उडिरहँदा एयर न्युजिल्यान्डको एयरबस ३२० आइपुगेको थियो ।
दुवै जहाजहरु एक आपसमा विपरित दिशातर्फ घुमिरहँदा डामियनले यो तस्विर लिएका थिए । यो तस्विर निकोन डी ७००० क्यामेराले खिचिएको थियो । क्यामेरामा एक्सपोजर समय १०- १०००० तस्विर खिचिएको डामियनले उल्लेख गरेका छन् ।