विचित्र विश्व

अचम्मको राँगो हप्तामा सातैबार फरक रक्सीको स्वाद लिन्छ, विर्यबाट वर्षमा ९० लाखको आम्दानी

अचम्मको राँगो हप्तामा सातैबार फरक रक्सीको स्वाद लिन्छ, विर्यबाट वर्षमा ९० लाखको आम्दानी


भारत । भारतको फरिदाबाद सुरजकुण्डमा भइरहेको दोस्रो कृषि शिखर सम्मेलनमा ल्याइएको ‘सुल्तान’ नामको राँगोले सबैको ध्यान तानेको छ । यो राँगोका विचित्रका सोखका कारण आकर्षणको केन्द्र बनेको हो ।

क्याथलको बुढाखेवा नामको गाउँका नरेश बैनीवालले पालेको यो राँगो अहिले ८ वर्ष ४ महिनाको भयो । यो राँगोले साँझ खाना खानुभन्दा पहिले १०० मिलिग्राम ‘स्कच’ पिउँछ । मंगलबार ड्राइ डे भएकोले त्यो दिन भने रक्सी पिउँदैन ।

स्कचको ब्राण्ड पनि बार अनुसार फरक फरक हुन्छ । आइतबार टिचर्स सोमबार ब्ल्याक डग, बुधबार १०० पाइपर, बिहीबार भ्यालेन्टाइन, शुक्रबार ब्ल्याक लेबल र शनिबार शिवास रिगल ब्राण्डका स्कच पिउँछ ।

नरेशले सुल्तानलाई पाँच वर्ष पहिले रोहतकबाट २ लाख ४० हजार भारुमा किनेका थिए । यो राँगोले वर्षमा ३० हजार डोज वीर्य दिन्छ । एक डोजको ३ सयको हिसाबले वर्षमा यसले ९० लाख कमाउँछ । सुल्तान २०१३ मा भएको राष्ट्रिय पशु सौन्दर्य प्रतियोगिताको विजेता पनि हो । राजस्थानमा भएको एक मेलामा एक पशु प्रेमीले सुल्तानका लागि २१ करोड मूल्य दिएका थिए ।

तर, नरेशले सुल्तान आफ्नो छोरा भएको र छोराको कुनै मूल्य नहुने भन्दै अस्वीकार गरेका थिए ।

विशेष