राजनीति

बिजुली चोर पनि मेयरका उम्मेदवार

बिजुली चोर पनि मेयरका उम्मेदवार

जनकपुर । नेपाल लोकतान्त्रिक फोरमले जनकपुर उपमहानगरपालिकामा बिजुली चोरी गरेको अभियोगमा सजाय पाएका व्यक्तिलाई प्रमुखका रूपमा अघि सारेको छ ।

लोकतान्त्रिक फोरमले दुई वर्षअघि बिजुली चोरको अभियोगमा पक्राउ परी ३ लाख ४१ हजार जरिवाना तिरेर छुटेका हंसराज गुप्तालाई उम्मेदवार बनाएको हो । उनले नेपाल विद्युत् प्राधिकरणमा ३ लाख ४१ हजार रुपैयाँ जरिवानासमेत बुझाएका थिए । दशरथ तलाउनजिक रहेको मिठाई कारखानामा मिटर बिगारेर बिजुली चोरको अभियोगमा पक्राउ परेपछि उनलाई प्राधिकरणले जरिवाना तिराएको थियो ।

उम्मेदवारी दिएका दिन नेपाल लोकतान्त्रिक फोरमका धनुषा जिल्लास्तरीय नेताले केन्द्रीय अध्यक्ष विजय गच्छदारनिकट मानिएका कारण उनले टिकट पाएको  नेताहरू बताउँछन् ।

गुप्ता हंसराज मिठाई पसलको सञ्चालक छन् । केही वर्षअघि सानो ठेलामा पसल खोलेर कारोबार सुरु गरेका हंसराज जनकपुरका प्रतिष्ठित व्यापारी हुन् ।

विशेष