कला साहित्य

गजल

सम्झना श्रेष्ठ

गजल

माया गर्छु भन्दै सधै इन्टरनेटमा बताउन थाल्यो

रिप्लाइ मैले नदिएपछि घरि घरि सताउन थाल्यो

खै त्यसपछि त कुरै छोडम म आफैलाइ के के भयो

उसको मेसेज नदेख्दा नी मन सारै छटपटाउन थाल्यो

हजारौँको भिडमा उसले मेरो मन जितिहालेपछि

दिलभित्र सधैको लागी उसकै माया अटाउन थाल्यो

हेर्दा हेर्दै समय पनि छिटै वितेकोे जस्तो दुई वर्ष

अब त विहे गरौ भन्दै उसले समय घटाउन थाल्यो

अनि त्यस पछि घरमा कुरा चल्यो हाम्रो विहेको

घरपरिवारले दुई वर्षपछि भन्ने कुराले टराउन थाल्यो

त्यसपछि त उसको मनमा गहिरो चोट पर्न गएछ क्यारे

रिसले हो या पीरले गरेको मेसेज समेत हटाउन थाल्यो

त्यसपछि सम्झाए मैले घरमा समस्या छ भन्दै

केहिक्षण चुपचाप नबोले रै दिन कटाउन थाल्यो

नबुझ्ने मान्छे त कहाँ होर ऊ पनि

केहि समयमै माया को कुरा फेरि बताउन थाल्यो 

विशेष