राजनीति

ओली भेट्न बालकोट पुगे प्रचण्ड

ओली भेट्न बालकोट पुगे प्रचण्ड

भक्तपुर । उपचारका लागि थाइल्याण्ड जाने तयारीमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।

ओलीलाई भेट्न दाहाल भक्तपुरको बालकोट पुगेका हुन्। पार्टी एकता संयोजन समिति अन्तर्गत मंगलवार गठित कार्यदललाई आवश्यक निर्देशन दिने विषयमा दुई शीर्ष नेताबीच छलफल भइरहेको ओलीको सचिवालयले जनाएको छ। बैठकमा कार्यदलका सदस्यहरू सहभागी छन्। मंगलबार दुई दलको पार्टी एकता संयोजन समितिको बैठकले छ जना नेता सम्मिलित राष्ट्रियसभाको निर्वाचन तथा प्रदेश गठन एवं प्रदेश सरकार निर्माण कार्यदल गठन गरेको थियो। कार्यदलमा एमालेका नेताहरू सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन्।

त्यस्तै माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव कार्यदलमा छन्। कार्यदललाई जिम्मेवारी दिई ओली थाइल्याण्डबाट फर्किएपछि पार्टी एकताको काम अघि बढाउने दुई नेताको तयारी छ।

विशेष