राजनीति

डा. केसीलाई मेडिकल कलेजका मालिकले किन ‘आतंककारी’ भने ?

डा. केसीलाई मेडिकल कलेजका मालिकले किन ‘आतंककारी’ भने ?

काठमाडौं । सहज स्वास्थ्य सेवा लगायत विभिन्न माग राख्दै आन्दोलनरत डा. गोविन्द केसीको पक्षमा हजारौं मानिस सडकमा ओर्लिरहँदा युनिभर्सल मेडिकल कलेजका मालिक खुमा अर्यालले भने आतंककारीको संज्ञा दिएका छन् ।

 मेडिकल कलेज संचालन गर्दैआएका व्यावसायी अर्यालले डा. केसीको आन्दोलनको विरोध गर्दै ट्वीटमार्फत यस्तो बताएका हुन् ।

 उनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘३ करोड नेपाली जनताको नाममा उनी आतंककारी हुन् ।’ उनले ‘टेरोरिस्ट’ शब्द प्रयोग गर्दै डा. केसीविरुद्ध आक्रोश पोखेका हुन् ।

 अर्यालको यस्तो ट्वीट सार्वजनिक भएपछि डा. केसीका प्रशंसकहरुले विरोध जनाएका छन् । उनीहरुले सामाजिक संजालमा अर्याल आफैँ आतंककारी भएको भनी सामाजिक संजालमा आफ्ना बिचार व्यक्त गरेका छन् ।

 डा. केसीका प्रशंसकहरुले सामाजिक संजालमा अर्याल आफैँ मेडिकल माफिया भएकाले आफ्नो व्यवसाय धरापमा पर्ने भएपछि विरोध गरेको हुनसक्ने बताएका छन् । साथै उनीहरुले अर्यालले आफ्नो ‘अवैध व्यवसाय’ धरापमा पर्ने भएकाले डा. केसीको विरोध गरेको भन्दै विरोध जनाएका छन् ।

 

विशेष