राजनीति

निर्वाचन आयोगको राजपालाई चेतावनी, सूची नसच्चाए नाम खाली राखेरै मतपरिणाम

निर्वाचन आयोगको राजपालाई चेतावनी, सूची नसच्चाए नाम खाली राखेरै मतपरिणाम

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभाको समानुपातिकतर्फको सूची कानून अनुसार नसच्चाए राष्ट्रिय जनता पार्टी नेपाल राजपा नेपालबाट निर्वाचित हुने सदस्यहरुको नाम खाली राखेरै मत परिणाम सार्वजनिक गर्ने चेतावनी दिएको छ ।

प्रदेश सभा समानुपातिक तर्फ सिट पाएका १३ दलमध्ये राजपा नेपाललाई नाम सच्च्याउन आग्रह गर्दै आयोगले दुईपटक पत्राचार गरेको थियो । तर त्यसो गर्दा पनि प्राथमिकताक्रम र समानुपातिक प्रतिनिधित्व मिलाएर नपठाएकाले थप पत्राचार गरिएको आयोगका प्रवक्ताले जनाएका छन् ।

उक्त सूची सच्याउन राजपा अध्यक्ष मण्डलका नेताहरु मंगलवार दिनभरजसो छलफलमा जुटेका थिए। तर उक्त नाम सच्चाउन नसक्दा राजपा नेपाल अहिले अप्ठेरोमा परेको छ ।

विशेष