डा. केसीलाई पनि छोडेनन् केपी ओलीले, ‘कानुन नबुझे केसीलाई सोध्नु’
डा. केसीमाथि केपी ओलीको व्यंग्य
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगको पछिल्लो गतिविधिबारे असन्तुष्टि पोखेका छन् । आयोगले समानुपातिक निर्वाचन मतपरिणाम सार्वजनिक नगरेकोमा आलोचना गर्दै कानुन नबुझेको बताए ।
साथै ओलीले अनसनरत डा. गोविन्द केसीलाई समेत व्यंग्य गर्न भ्याए । बुधबार स्वास्थ्योपचारका लागि थाईल्याण्डको बैंकक जानुअघि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग बोल्दै उनले ‘आयोगले कानुन नबुझेको भए डा. केसीलाई सोध्नु, किनकी उहाँले फटाफट भनिाराख्नुभएको छ ।’ भन्दै व्यंग्य गरेका हुन् ।
निर्वाचन आयोगलाई अनेक हिसावले दबाव भएको हुनसक्ने भन्दै ओलीले यदी कानुनी अप्ठ्यारो भए डा. गोविन्द केसीलाई सोध्नु भनी टिप्पणी गरेका हुन् । ओलीले केसीबारे अरु केही नबोले पनि उनको भनाइमा व्यंग्यमित्रित थियो ।