रोजगार

जागिर खाने हो ? लोकसेवाले माग्यो ४ सय ३७ जना नायव सुब्बा

जागिर खाने हो ? लोकसेवाले माग्यो ४ सय ३७ जना नायव सुब्बा

काठमाडौं । सरकारी जागिर खाने सोचमा हुनुहुन्छ । यदि हुनुहुन्छ भने लोक सेवा आयोगले बुधबार बिज्ञापन प्रकाशत गर्दै देशका विभिन्न कार्यालयमा ४३७ जना नायब सुब्बाका लागि आवेदन दिने सूचना प्रकाशित गरेको छ ।

आयोगद्वारा प्रकाशित गरेको सूचनामा पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटा, मध्यमाञ्चल क्षेत्रीय कार्यालय काठमाडौं, पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरा, मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय सुर्खेत र सुदूरपश्चिम क्षेत्रीय कार्यालय दिपालयमा विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ ।

सूचनाअनुसार पूर्वाञ्चलमा न्याय, प्रशासनतर्फ ८६ जनाको आवेदन माग गरेको छ । यस्तै मध्यमाञ्चल क्षेत्रीय कार्यालय काठमाडौंमा कुल १६१ जना, पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरामा १११ जना, मध्यपश्चिम क्षेत्रीय कार्यालयमा ५७ जना र सुदूरपश्चिम क्षेत्रीय कार्यलय दिपायलमा २२ जना गरी कुल ४३७ जनाका लागि विभिन्न पदमा आवेदन माग गरेको हो ।

विशेष