पृथ्वीनारायण शाह ‘देउता कि दानव’ ? (भिडियोसहित)
‘पृथ्वीनारायणको ठाउँमा बिपी भए नी प्रजातन्त्र छोडेर एकता अभियानमा जुट्थे’
काठमाडौं । तत्कालिन राजा पृथ्वीनारायण शाहलाई ‘देवत्वकरण’ वा ‘दानवीकरण’ गर्ने दुईथरी राजनीतिक कित्ताबीच केही वर्षअघिसम्म पौठेजोरी चल्यो । माओवादी जनयुद्धको रापबाट आएका युवाहरुले पृथ्वीनारायण शहका शालिक तोडे भने राजावादीहरुले उनका शालिकलाई पूजा गरे ।
तर पछिल्लो समय इतिहासलाई आलोचनात्मक ढंगबाट बुझेर ब्याख्या गर्नुपर्छ भन्ने अध्ययनशिल युवापंक्तिको पनि विकास भएको छ । युवा विश्लेषकहरु शाहलाई शिरमा हैन, संग्रहालयमा राखेर अध्ययन गर्नुपर्छ भन्न थालेका छन् ।
आज, पुस २७ गते पृथ्वीनारायण शाहको जन्मोत्सवको अवसरमा नेपालआजको स्टुडियोमा युवा विश्लेषक हरिराम रिमालसँग बहस भयो । शाहलाई पूजा गर्ने वा उनका शालिक ढाल्ने दुबै बिचार अतिवादी रहेको भन्दै उनले आफ्ना बिचार व्यक्त गरेका छन् ।
पृथ्वीनारायणलाई तत्कालिन ‘लेन्स’बाटै बुझ्नुपर्ने भन्दै रिमालले तत्कालिन आवस्यकताको रुपमा ब्याख्या गरेका छन् । ‘त्यतिबेला विश्वभर राज्य निर्माण र बिस्तारको लहर थियो । र त्यसको नेतृत्व उनले गरे,’ रिमालले भने, ‘त्यसबेला जुनसुकै नेता भए पनि गर्ने काम त्यही थियो । पुष्पलाल श्रेष्ठ वा बिपी कोइराला भएको भए पनि अन्य कुरा छोडेर राष्ट्रिय एकताको अभियानमा जुट्ने थिए ।’
पृथ्वीनारायण शाह एक शासक भए पनि तत्कालिन परिस्थितिले उनलाई निर्माण गरेको साथै पूर्वाग्रही रुपमा हेर्नु आवस्यक नरहेको रिमालले अन्तरवार्ताको क्रममा व्यक्त गरेका छन् ।
(हरिराम रिमाल नेपालआजका नियमित टिप्पणीकार हुन् ।)
कुरा: युवाको हरिराम रिमाल पृथ्वीनारायण शाह