राजनीति भिडियो

‘यो देश भारतको भए भारतलाई दिनुपर्यो हैन भने हामीले चलाउनुपर्यो’ (भिडियाेसहित)

पृथ्वीजयन्तीमा ‘राजावादी’को आक्रोश

‘यो देश भारतको भए भारतलाई दिनुपर्यो हैन भने हामीले चलाउनुपर्यो’ (भिडियाेसहित)

काठमाडौं । विगत १३ वर्षदेखि काठमाडौं उपत्यकाका चोक, सम्पदा, सडकछेउमा भौँतारिरहेका देखिन्छन् लक्ष्मण खड्का । लामो दाह्री, लौरोसहित सेतो हुलियामा हिँडिरहने खड्का आफूलाई ‘देशको खलासी’ भनेर चिनाउँछन् ।

 

राष्ट्रियताको लागि लागेको बताउने उनी तत्कालिन राजा तथा शासकहरुका शालिक सजाउँदै, स्याहार गर्दैआएका छन् । पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा पनि उनी अघिल्ला वर्ष झैँ पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न तँछाडमछाड गर्दै पुगे ।

 

सिंहदरबार पश्चिमगेटस्थित पृथ्वीनारायणको शालिकअघि भेला भएका थुप्रै मानिस उनलाई नियाल्दैथिए । खड्काले भने शालिक सरसफाईमा कसैले ध्यान नदिएको भन्दै आक्रोश पोखे ।

 

">

 

नेपालआजसँग छोटो कुराकानीको क्रममा खड्का हौसिँदै आफूलाई यस दिनमा खुसी लागेको प्रतिक्रिया दिए । तीन करोड नेपालीले नगरेको काम गर्न पाउँदा खुसी लागेको उनको भनाइ थियो ।

 

‘५१ वर्ष बाँचेका पृथ्वीनारायण शाहले साढे २५ वर्षमा टुक्राटुक्रा राज्यलाई जोडेर एक बनाएको कुरा उनको त्याग र तपस्या हो,’ खड्काले भने, ‘यो कुरा हामीले बिर्सनु हुँदैन ।’

 

विकास नभएको बेला पनि देशलाई एक ढिका बनाउन पृथ्वीनारायण शाहले गरेको योगदानलाई शाहसी काम भन्दै त्यसको खुलेर प्रशंसा गरे उनले ।

 

‘नेताहरुले राजाको आँखामा चारो हालेर देश लुट्ने गरेका छन् । शालिकहरुमा रंगरोगन त के सरसल्लाह गर्न पनि आउँदैनन्,’ उनले भने, ‘यो देश भारतको हो भने भारतलाई चलाउन दिनुपर्यो होइन भने हामी जस्ता नेपालीले चलाउनु पर्यो । उत्तर प्रदेशको मूख्यमन्त्री आदित्यनाथ, दिल्लीको नरेन्द्र मोदीले चलाउने होइन यो देश, नेपालीले चलाउनु पर्यो ।’

 

यस्तै मुद्धा उठाएर प्रधानमन्त्री शेरबहादु देउवालाई भेट्न सिंहदरबार जाँदा रोक लगाएकोमा दुख लागेको पनि उनको गुनासो थियो ।

 

विशेष