राजनीति मुख्य समाचार

जुर्याे विना विभागीय मन्त्रीले राजीनामा दिने सार्इत

जुर्याे विना विभागीय मन्त्रीले राजीनामा दिने सार्इत

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)बाट सरकारमा सहभागी मन्त्रीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने भएका छन् ।


विनाविभागीय मन्त्रीहरुले आज राजीनामा बुझाउन लागेको सो पार्टीले जनाएको छ । विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई राजीनमा बुझाउन लागिएको जानकारी दिए।

सत्ता साझेदारीमा रहेकै बेला तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा(एमाले)सँग चुनावी तालमेल र पार्टी एकताको निर्णय गरिएपछि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई जिम्मेवारीमुक्त गरेका थिए ।

“निर्वाचनको सुनिश्चितताका लागि हामी सरकारमा थियाैँ, निर्वाचन सम्पन्न भएको छ । हामीले धेरै अपजस सहेर पनि निर्वाचन सम्पन्न गरायौँ, वाम गठबन्धनले जीत हासिल गरेको छ । हाम्रो जिम्मेवारी हामीले पूरा ग¥याैँ भन्ने लागेको छ”, विनाविभागीय मन्त्री शाहीले भने ।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा माओवादीका तर्फबाट कृष्णबहादुर महरा, जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, प्रभु साह, शाही, शिवकुमार मण्डल, आशा खनाल र सन्तकुमार थारु मन्त्रीका रुपमा सहभागी भएका थिए ।

यस्तै माओवादी केन्द्रबाट सात राज्यमन्त्री सरकारमा सहभागी थिए । विनाविभागीय भए पनि उनीहरु मन्त्रिपरिषद् बैठकमा सहभागी हुँदै आएका थिए ।

माओवादी केन्द्रबाट सरकारमा नेतृत्व गर्नुभएका उपप्रधानमन्त्री महरा राजधानी बाहिर भए पनि आजै एक वरिष्ठ मन्त्रीले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने तयारी गरिएको मन्त्री शाहीको भनाइ छ ।

संवैधानिक प्रावधानका कारण प्रधानमन्त्रीले विनाविभागीय बनाए पनि हटाउन नमिल्ने प्रावधानका कारण माओवादी केन्द्रका मन्त्री मन्त्री पदमा बहाल थिए । 

विशेष