विचित्र विश्व

लेस्बियन नायिका एलेनद्वारा आफूभन्दा ८ वर्ष जेठी गर्लफ्रेण्डसँग विवाह

लेस्बियन नायिका एलेनद्वारा आफूभन्दा ८ वर्ष जेठी गर्लफ्रेण्डसँग विवाह

एजेन्सी । हलिउड अभिनेत्री एलेन पेजले आफ्नी लामो समयदेखिकी गर्लफ्रेण्ड एमा पार्टनरसँग विवाह गरेकी छिन् । एलेनले समाजिक सञ्जालमा सेयर गरेको फोटोमा उनको र एमाको हात देखिएको छ । फोटोको क्याप्सनमा उनले एमा आफ्नो श्रीमती भएको लेखेकी छिन् ।

त्यस्तैगरि एमा पाटर्टनरले पनि तीनवटा फोटो राखेर आफूहरुले विवाह गरेको जानकारी दिएकी छिन् । फोटोमा दुवैले ‘वेडिङ रिङ’ समेत लगाएका छन् ।

३० वर्षीय एलेन र २२ वर्षीय एमाले छ महिना पहिला आफूहरुले डेट गरिरहेकोबारे सार्वजनिक गरेका थिए । त्यतिबेला उनीहरु लस एन्जलसस्थित के कैफे ग्रेटिट्युडको बाहिर किस गरिरहेको अवस्थामा भेटिएका थिए ।

एलेन र एमा दुवैजना ‘लेस्बियन’ हुन् । एलेन क्यानडियन नायिका हुन् जसले सन् २०१४ फेब्रुअरीमा पहिलो पटक आफू लेस्बियन भएको स्वीकार गरेकी थिइन् । त्यस्तैगरि २२ वर्षीय एमा पार्टनर डान्सर र कन्टेम्पोररी जज टिचर हुन् ।

विशेष