राजनीति

तीन जना राष्ट्रिय सभा सदस्य दल बाहिरबाट मनाेनयन गर्न विवेकशीलको माग

तीन जना राष्ट्रिय सभा सदस्य दल बाहिरबाट मनाेनयन गर्न विवेकशीलको माग


सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने तीन जना सदस्य स्वतन्त्र छविका हुनु पर्ने विवेकशील साझा पार्टीले माग गरेको छ । सोमबार पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले मनोनयन गर्ने तीन जना राष्ट्रिय सभा सदस्य दलभन्दा बाहिरका हुनुपर्ने माग राखेका हुन् ।

विवेकशील साझाले कानुनी छिद्र खोजेर र कानुनकै अपव्याख्या गरेर देउवा सरकार रहिरह खोजेको भन्दै आपत्ति जनाएको छ । ‘कानूनी छिद्र खोजेर वा कानूनकै अपब्याख्या गरेर यो अभ्यासमा विलम्ब गर्न खोज्नुलाई कतै जायज मान्न सकिन्न। यस सन्दर्भमा राष्ट्रिय सभाको गठनसम्बन्धि अध्यादेशमा राष्ट्रपतिलाई नै विवादित पार्ने गरि विभिन्न दलको तर्फबाट आफ्नो अडान प्रस्तुत गर्ने काम भएको र त्यसले पनि यो प्रक्रिया विलम्ब हुन पुगेको विदितै छ। नेपालको संविधानले राष्ट्रपतिलाई छुट्टै शक्तिकेन्द्रको रूपमा परिकल्पना नगरेको हुँदा यो संस्था विवादभन्दा माथि रहनु उपयुक्त हुन्छ। त्यसका लागि राष्ट्रपतिले संबिधानले प्रस्टै तोकेभन्दा बाहिरका निकायबाट सल्लाह लिई सोहि सल्लाहका आधारमा बैधानिक सरकारको निर्णयमा बाधा पुर्याएको देखिनु उचित होइन।’ विज्ञप्तिमा भनिएको छ ।

जाँदै गरेको सरकारले नयाँ सरकारको गठन गर्ने अनुकुल वातावारण सृजाना गनुर्् र सहज सत्ताहस्तान्त्रण गर्नुको सट्टा दूरगामी असर पर्ने निर्णय गर्ने र कर्मचारी नियुक्त तथा सरुवा गर्ने कार्य गरेको भन्दै देउवा सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै ध्यादेश जारी गर्न अनावश्यक सल्लाह र समय लिएको भन्दै विवेकशील साझाले राष्ट्रपतिको समेत आलोचना गरेको छ ।

विशेष