राजनीति

बिना मगरको चुनावी खर्च ११ लाख ९८ हजार

बिना मगरको चुनावी खर्च ११ लाख ९८ हजार


कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित बिना मगरले निर्वाचन खर्च विवरण बुझाएकी छिन्।

उनले ११ लाख ९६ हजार निर्वाचन खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएकी हुन्। बुधबार कञ्चनपुर जिल्ला निर्वाचन कार्यालयमा बुझाएको मगरको खर्च विवरणमा सबैभन्दा बढी प्रचारप्रसारमा ३ लाख ८० हजार खर्च भएको उल्लेख छ।

त्यस्तै सवारी साधनमा २ लाख ४० हजार, कार्यकर्ता परिचालनमा १ लाख ४० हजार, विद्युतीय सामाग्री खरिदमा ५० हजार, चुनावी कार्यक्रम सञ्चालनमा ६४ हजार, प्रतिनिधि खर्च ६० हजार, मतदाता नामावली खरिदमा २२ हजार र विविध खर्चमा ३५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेकी छिन्। मगरले नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टलाई झन्डै दोब्बर मत अन्तरले पराजित गरेकी थिइन्।

उनले ३८ हजार ४६७ मत प्राप्त गरेकी थिइन् भने विष्टले १९ हजार १२९ मत प्राप्त गरेका थिए। निर्वाचन आयोगले उम्मेदवारहरुलाई निर्वाचन खर्च बुझाउन पत्र काटेको छ। मगर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी पनि हुन्।

विशेष