कला साहित्य

गजल

कविता श्रेष्ठ

गजल

शब्द आउछ कि आउदैन, तिम्रो गाउँ पुग्दा

माया लाउछ कि लाउदैन,  तिम्रो गाउँ पुग्दा

हजार आशा बोकी, जाँदै छु म तिम्रो गाउँ

सम्मान पाउछ कि पाउदैन, तिम्रो गाउँ पुग्दा

हातभरी चुरा सिउदोमा, तिम्रो सिन्दुर भरेर

बुहारी छोरी हुन्छ कि हुदैन, तिम्रो गाउँ पुग्दा

चारै तिर दियोबाली, खुशिको माहोलमा

स्वागत हुन्छ की हुदैन, तिम्रो गाउँ पुग्दा

जान्दिन होला रित, बुझ्दिन होला केही

भुलको माफी हुन्छ कि हुदैन, तिम्रो गाउँ पुग्दा

सबेरै कैले उठेको छैन, घरधन्दामा जुटेको छैन

तिम्रो साथ पाउछु कि पाउदिन, तिम्रो गाउँ पुग्दा

छोडेको हुन्छु आमाकोसारी, सम्हान तिम्रो घरबारी

आमाकै काख पाउछु कि पाउदिन, तिम्रो गाउँ पुग्दा

 

विशेष