राजनीति

एमालेकाे मापदण्ड तयार, चुनाव हारेकालार्इ राष्ट्रियसभा नपठाउने

एमालेकाे मापदण्ड तयार, चुनाव हारेकालार्इ राष्ट्रियसभा नपठाउने

नेकपा (एमाले) राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिसको विधि तयार गरेको छ । एमालेकाे केन्द्रीय सचिवालयको ४९ औं बैठकले उम्मेदवारकाे मापदण्ड तयार पारेकाे हाे । 

मापदण्ड तयार गर्न महासचिव ईश्वर पोखरेलको अध्यक्षता तथा कार्यबाहक अध्यक्ष वामदेव गौतमको प्रमुख आतिथ्यमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराही अाज शुक्रबार बैठक बसेकाे हाे । 

पार्टी सचिव प्रदीप ज्ञवालीद्धारा हस्ताक्षरित प्रेस बिज्ञप्ती अनुसार पार्टीमा लामो योगदान गरेका हुनु पर्ने उल्लेख गरेकाे छ ।

त्यस्तै पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधि लगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका, भौगोलिक र सामाजिक सन्तुलन राम्राे रहेकाे विज्ञप्तिमा उल्लेख छ । 

एमालेले स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएकालार्इ राष्ट्रियसभा निर्वाचनमा नपठाउने भएकाे छ । विषयविज्ञ तथा विशेषज्ञ व्यक्तिलार्इ राष्ट्रियसभाका लागि सिफारिस गर्ने भएकाे छ । 

विशेष