राजनीति

राष्ट्रियसभाका लागि २१ दलकाे निवेदन

राष्ट्रियसभाका लागि २१ दलकाे निवेदन

काठमाडाैं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ दलले निवेदन दिएका छन्।

आयोगले दल दर्ताका लागि दिएको १५ दिनको समय अाज शुक्रबार सकिदै छ गर्दा २१ वटा दलले राष्ट्रियसभा निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि निवेदन दिएका हुन्।

निवेदन दिएका दलहरूमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन समाज पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रहेका छन् ।

त्यस्तै, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), विवेकशील साझा पार्टी, नेपाली जनता दल र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पनि राष्ट्रियसभा निर्वाचनका लागि निवेदन दिएका छन् । 

निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्दैछ। आयोगले निर्वाचनको कार्यतालिका समेत सार्वजनीक गरिसकेको छ।

निर्वाचन कार्यतालिका अनुसार भोलि पुस २९ गते सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने कार्यक्रम रहेको छ।

विशेष