कला साहित्य

गजल

सम्झना श्रेष्ठ ''सर्गम ''

गजल

नखोले रै राखिएको एउटा बन्द खाम रैछ

भित्र के के थियो कुन्नि बाहिर मेरो नाम रैछ

हतारिएर खोले मैले बन्द त्यो खामलाई

निलो मसिले केरिएको अक्षरहरुको जाम रैछ

विस्तारै हेर्दै गए सुरु देखि अन्य सम्म

परिचय खुलाएको नाम भने राम रैछ

स्पष्ट बुझेपछि किन मुुुसुक्क मुस्कुराए भने

अरु कोहि नभएर उसको नै काम रैछ

 

विशेष