कला साहित्य

नयनराजले ल्याए ‘यार’

नयनराजले ल्याए ‘यार’

काठमाडौं । आख्यानकार नयनराज पाण्डेको संस्मरणात्मक निबन्ध ‘यार’को शनिबार लोकार्पण गरियो ।

लेखकका साहित्यिक मित्रहरु पुरुषोत्तम सुवेदी, श्यामल, जय हमाल, राजव र शार्दूल भट्टराईले संस्मरणात्मक निबन्ध ‘यार’को संयुक्तरुपमा लोकार्पण गरेका हुन् ।

आफ्ना जीवनयात्रामा साथीसँगका रोचक र विशेष अनुभूति समेटिएको सो पुस्तकमा २५ निबन्ध छन् ।

पुस्तकमाथि समीक्षात्मक मन्तव्य नभई लेखकसँगको अन्तर्वार्ता प्रस्तुत गरेर नयाँ शैलीमा आयोजित सो कार्यक्रममा लेखकको हस्ताक्षरबाट पुस्तक लिन पाठकहरुको भीड देखिन्थ्यो ।

पुस्तकको प्रकाशन फाइन प्रिन्टले गरेको हो । पाण्डेका यसअघि ‘उलार’, ‘लु’, ‘सल्लिपीर’, ‘घामकिरी’, ‘निदाएँ जगदम्बा’ आदि कृति लोकप्रिय छन् ।

विशेष