विचित्र विश्व

यी हुन् संसारकै खतरनाक महिला, जसले पुरुषको हत्यापछि बलात्कार गरिन्

यी हुन् संसारकै खतरनाक महिला, जसले पुरुषको हत्यापछि बलात्कार गरिन्

एजेन्सी–कहिल्यै तपाई सोच्न सक्नुहुन्छ एक महिलाले पुरुषको हत्या पश्चात लाशलाई बलात्कार गर्ने र लाशको रगत पिउन सक्छिन् ? सायद धेरै विश्वास गर्न गाह्रो पर्ला । तर, मेक्सिको २८ वर्षिय एक महिलाले आफ्नो सुन्दरताको जालमा पारेर धेरै पुरुषहरुको हत्या गर्ने काम गरेकी छिन् ।     

जुआना नाम गरेकी ती युवती हाल जेलमा रहेकी छिन् । मेल अनलाइनले दिएको जानकारी अनुसार अपराध स्विकारेको अभिव्यक्ति दिएकी उनी क्यालिफोर्नियाको एक जेलमा छन् ।     

जुआना मेक्सिकोको सबैभन्दा खतरनाक आपराधिक गिरोह जिटासकी शुटर पनि रहेकी थिइन् । जुआनाका अनुसार उनको बाल्यकाल एकदमै भिन्न तरिकाले बितेको थियो । उनी अरु बच्चाहरुभन्दा एकदमै फरक थिइन् ।     

उनलाई सानो देखि नै रक्सी चुरोट धेरै मनपथ्र्यो । उनको जन्म मेक्सिको सिटी नजिक रहेको हिदालागो कस्बे भन्ने ठाउँमा भएको थियो । जब उनी १५ वर्षकी थिइन् तब उनले आफुभन्दा २० वर्ष जेठो मानिससँग शारिरीक सम्बन्ध बनाएकी थिइन् । उनले एक छोरीलाई समेत जन्म दिएकी थिइन् । आफ्नो छोरीलाई पाल्न उनी त्यसपछि गलत बाटो रोज्दै गइन् । उनी वेश्याबृतिमा लागिन् र ड्रग तस्कर गर्न थालिन् ।     

जुआनाको ज्यानको खतरा सदैव रहेको थियो । त्यसपछि उनले पुरुषहरुको हत्या गर्न थालिन् । उनले मानिसहरुको घाँटी काटेर हत्या गर्ने गर्थिन् । त्यसपछि लाशसँग यौनसम्बन्ध बनाउने गर्थिन् । रगत भाडोमा संकलन गरेर नुहाउने तथा पिउने काम उनी गर्थिन् । हाल उनी जेलमा रहेकी छिन् भने उनको सजायको फैसला हुन बाँकी रहेको छ ।

विशेष