राजनीति

मुलुकलाई आर्थिक समृद्धिमा केन्द्रित गर्नुुपर्नेमा प्रधानमन्त्रीको जोड

मुलुकलाई आर्थिक समृद्धिमा केन्द्रित गर्नुुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै मुलुकलाई आर्थिक समृद्धिमा केन्द्रित गर्नुुपर्नेमा जोड दिएका छन् ।

माघे संक्रान्तिको अवसरमा आज थारु समुुदायले आयोजना गरेको माघी महोत्सवमा प्रधानमन्त्री देउवाले निर्वाचन सम्पन्न भएसँगै संविधान कार्यान्वयन भइ मुलुक राजनीतिक स्थायित्वतर्फ गएको बताए ।

राजधानीको टुँडिखेलमा आयोजना गरिएको माघी महोत्सवमा भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले नयाँ संविधानले परिकल्पना गरे अनुसार मुलुकलाई समृद्ध बनाउन सबै प्रदेशहरुबीच प्रतिस्पर्धा हुनुपर्ने बताए ।

Sher Bahadur Deuba

विशेष