विचित्र विश्व

विवाहमा दुलहीले जन्ती लिएर जाने अनौठो चलन

विवाहमा दुलहीले जन्ती लिएर जाने अनौठो चलन

एजेन्सी । भारत र चीनमा अनेक रंगीचंगी खबर सुन्न पाइन्छ । भारतको बिहारको हिसुआ इलाकामा अब अचम्मको विवाह हुने भएको छ । खबरका अनुसार, फेब्रुअरी १० मा हुन गइरहेको विवाह परम्पराभन्दा केही भिन्न हुनेछ । हो, यहाँ बुधका साथ जन्ती वरको घरमा जाने छ ।

जन्ती सहित विदाई पनि वरकै हुने छ । सिंघौली गाउँका स्थायी मोसाफिर कुशवाहाले आफ्नो छोरा पंकज कुमारको स्वयम्वर मौलानगरका रामशीषप्रसाद यादवको छोरी अनमेहा कुमारीसँग गर्दैछन् । यसै मौकामा दुलाहाका बाबुले कुरीतिको अन्त्य गर्दै नयाँ परम्पराको थालनी गर्ने घोषणा गरे । यतिमात्र नभई दुलाहाका बाबुले विवाहमा बेकारको खर्च र दाइजोको पनि विरोध गरे र आफ्नो छोराको विवाह अलग तरिकाले हुने घोषणा गरेका छन् ।

यो विवाह हरेक प्रकारले एकदमै भिन्न छ । यो विवाहले एकै साथ सामाजिक तथा नैतिक आदर्शको पनि सम्मान गरेको छ । फेबु्रअरी १० मा सिंघौलीमा बेहुलाको घरमा बेहुली जन्ती लिएर आउनेछिन् र बेहुलीले केटालाई आफ्नो घर लिएर जानेछिन् । विवाहमा उपहार ल्याउन पाइनेछैन र लिइनेछैन । त्यस्तै विवाहमा प्लास्टिकका सामान पनि प्रयोग गर्न बञ्चित गरिएको छ ।

विशेष