राजनीति

राष्ट्रपतिको दोहोरिने इच्छा, झलनाथ लविङमा

राष्ट्रपतिको दोहोरिने इच्छा, झलनाथ लविङमा


काठमाडौं । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन दुवैले फेरि एक कार्यकाल दोहोरिने इच्छा देखाएका छन् । स्रोतका अनुसार दुवै जनाले दोहोरिने इच्छासहित आन्तरिक लबिङ तीब्र पारेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई दोहोर्‍याउने पक्षमा सकारात्मक देखिएका छन् ।  एमाले वरिष्ठ नेता झलनाथ खनाल पनि राष्ट्रपति बन्ने लविङमा रहेका छन् ।

तर, दुई पार्टीबीच पार्टी एकताका क्रममा नेताहरूको व्यवस्थान गर्ने क्रममा नयाँ राष्ट्रपति-उपराष्ट्रपतिका साथै सभामुख-उपसभामुख परिवर्तन हुने सम्भावना बढी छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले नेता झलनाथ खनालले राष्ट्रपतिका लागि इच्छा देखाएको र खनालले राष्ट्रपतिका लागि चासो राख्दै गृहकार्य अगाडि बढाएको आजको राजधानीमा उल्लेख छ ।

विशेष