सामाजिक सञ्जाल

फेसबुकले अब यस्तो परिवर्तन गर्ने भयो, मारमा विजनेश र मिडियाहरु

फेसबुकले अब यस्तो परिवर्तन गर्ने भयो, मारमा विजनेश र मिडियाहरु


एजेन्सी । न्युज, विजनेश, ब्राण्ड र मिडियासम्बन्धी फिडमा फेसबुकले ठुलै परिवर्तन गर्ने भएको छ। फेसबुकका मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गले आफ्नो फेसबुक पेजमा यस विषयमा जानकारी दिएका हुन्।

उनका अनुसार फेसबुकमा अब परिवारका सदस्यबीच र साथीहरुबीच सम्वादलाई बढावा दिने सामग्रीमा जोड दिइनेछ । फेसबुकले यो कुरा पनि स्वीकार गरेको छ कि यसो गर्दा फेसबुक पोष्टको माध्यमबाट बढीभन्दा बढी मानिसमा पुग्ने संगठनहरुको लोकप्रियतामा कमी आउन सक्नेछ ।फेसबुकले यो परिवर्तन आगामी साताबाटै गर्न लागेको जनाएको छ।

मार्क जुकरबर्गले लेखेका छन्–हामीलाई यो फिडब्याक मिलेको छ कि बिजनेश, ब्राण्ड र मिडियाको पोष्टको भरपुरताले त्यो निजी पल खोसिरहेको छ जसले हामीलाई एकअर्कासँग जोड्दछ । जुकरबर्गले लेखेका छन् कि उनलाई र उनको टिमलाई प्रयोगकर्तालाई यो महशुस गराउने जिम्मेवारीबोध भएको छ कि फेसबुक मानिसहरुका लागि राम्रो छ।

मार्क जुकरबर्गले अर्को एउटा पोष्टमा लेखेका छन् कि सन् २०१८ मा उनी यो सुनिश्चित गर्ने छन् कि फेसबुकमा कसैका साथ नराम्रो व्यवहार नहोस् र मानिसहरु फेसबुकमा आफनो समय राम्रोसँग बताउन सकुन् ।

हावर्ड युनिभर्सिटीमा नीमेन जर्नलिज्म ल्याबका लारा हजार्ड भन्छिन्–यसमा कुनै सन्देह छैन कि यो एउटा निकै महत्वपूर्ण परिवर्तन हो, यसबाट पब्लिशर्समा ठुलो असर पर्नेछ । हामीले समाचार कम देख्नेछौ । 

विशेष