राजनीति

निर्मल लामाका छोराले बनाए जनबिद्रोह पार्टी

निर्मल लामाका छोराले बनाए जनबिद्रोह पार्टी

काठमाडौं । वरिष्ठ वाम नेता निर्मल लामाका छोरा निमा फिन्जो लामाले नयाँ पार्टी गठन गरेका छन् । निमाले आफ्नै नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (जनविद्रोह) गठन गरेका हुन्।

निमा फिन्जो लामाले बाबु निर्मल लामाको जन्मजयन्तीको अवसरमा नयाँ पार्टी गठन गरिएको बताए। लामाका अनुसार नव गठित पार्टीको केन्द्रीय समिति २१ सदस्यीय रहेको छ र महासचिव उनी आफै छन्।

‘नेता निर्मल लामाको सपना साकार पार्न र जनतामाथि भएका अन्याय र भ्रष्टाचारविरुद्ध लड्ने उद्देश्यले नयाँ पार्टीको गठन गरिएको हो’, लामाले भने।

निमा फिन्जो लामा गएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उमेदवार थिए। लामो समय नेपालको वाम आन्दोलनको नेतृत्वमा रहेका निर्मल लामाले २०५२ सालमा जनयुद्धको लाइनमा असहमती जनाउँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको पार्टीबाट अलग भएका थिए।

क्यान्सर रोगले थलिएका उनको २०५६ सालमा मृत्यु भएको थियो

विशेष