राजनीति

वैद्य नेतृत्वकाे क्रान्तिकारीले विप्लव पार्टीसँग एकता गर्न वार्ता समिति बनाउने

वैद्य नेतृत्वकाे क्रान्तिकारीले विप्लव पार्टीसँग एकता गर्न वार्ता समिति बनाउने

माेहन वैद्य नेतृत्वकाे क्रान्तिकारी माअाेवादीले एकताका लागि विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता समिति बनाउने भएकाे छ । 

बुधबार बसेकाे स्थायी समितिकाे बैठकले माेहनविक्रम सिंह नेतृत्वकाे नेकपा मसालसहितका विभिन्न कम्युनिष्ट पार्टी तथा समूहसँग एकताका लागि वार्ता समिति बनाउने निर्णय गरेकाे हाे । 

देशमा गणतन्त्र आए पनि नागरिकले आधारभूत सेवा सुविधासमेत नपाएकाे भन्दै सबै क्रान्तिकारी शक्ति मिलेर नयाँ क्रान्ति गर्नुपर्ने निष्कर्ष क्रान्तिकारी माओवादीले निकालेको छ ।

यस्तै भारतले विभिन्न ठाउँका सीमा स्तम्भ गायव बनाएको र केही ठाउँमा सीमा मिचेर नेपालीका घरलाई भारतीय भूमिमा पारेको भन्दै त्यसलाई रोक्न सरकारले तत्काल आवश्यक कदम चाल्नु पर्ने बताएको छ ।

mohan baidhya Biplav Maobadi

विशेष