राजनीति

निर्वाचन आयोगले गर्यो समानुपातिकका निर्वाचित उम्मेद्वारको घोषणा

निर्वाचन आयोगले गर्यो समानुपातिकका निर्वाचित उम्मेद्वारको घोषणा

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभामा समानुपातिकतर्फका निर्वाचित उम्मेद्वारको नाम घोषणा गरेको छ । निर्वाचन भएको ४१ दिनपछि आयोगले समानुपातिकतर्फ सिफारिस भएका २ सय २० जना उम्मेदवारलाई निर्वाचित घोषणा गरेको हो ।

 

आयोग केन्द्रीय कार्यालयमा बुधबार बसेको आयोग पदाधिकारीको बैठकले सातवटै प्रदेशबाट समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने उम्मेदवारको नामावलीलाई टुंगो लगाएको हो ।

 

आयोग बैठकले दलहरुले प्राप्त गरेको मतलाई सेन्टलग विधिबाट सिटमा रुपान्तरण गरी सिट यकिन गरेको बताएको छ । आयोगको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ’दलहरुले प्राप्त गरेको मतलाई सेन्टलग विधिबाट सिटमा रुपमान्तरण गरी सिट यकिन गरेपश्चात् राजनीतिक दलले छनोट गरी आयोग समक्ष पठाएका उम्मेदवारलाई प्रदेशसभामा निर्वा्चित भएको घोषणा गरिएको छ।’

 

आयोगले प्रदेशसभाका समानुपातिक उम्मेदवारलाई आ–आफ्ना राजनीतिक दलसँग समन्वय गरी माघ ५ गते शुक्रबार दिउँसो एक बजे आयोगमै प्रमाणपत्र प्रदान गर्ने कार्यक्रममा उपस्थित हुन समेत आग्रह गरेको छ ।

 

आयोगले निर्वाचितहरुको नामावली भने बिहीबार मात्र सार्वजनिक गर्ने जनाएको छ । निर्वाचित उम्मेदवारहरूको नामावली सम्बन्धित प्रदेश प्रमुखसमक्ष पठाउन राजपत्रमा प्रकाशित गराएपछि मात्रै सार्वजनिक गर्न लागेको हो ।

 

nirbachan aayog samanupatik

विशेष