राजनीति

बाम गठबन्धनले राष्ट्रियसभाको भागवण्डा टुंग्यायो, कुन प्रदेशमा कति सिट ? (सूचिसहित)

बाम गठबन्धनले राष्ट्रियसभाको भागवण्डा टुंग्यायो, कुन प्रदेशमा कति सिट ? (सूचिसहित)

काठमाडाैं । एमाले–माओवादीको संयुक्त कार्यदल बैठकले राष्ट्रिय सभाको सिटसंख्यामा भागवण्डा टुंग्याएको छ । वाम गठबन्धन बनाएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी भएका नेकपा एमाले र माओवादी केन्द्रबीच राष्ट्रियसभाको सिट बाँडफाँटमा सहमति जुटेको हो ।

 

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको कार्यदल बैठकले राष्ट्रियसभाका लागि निर्वाचन हुने ५६ सिट मध्ये वाम गठबन्धनबाट ४३ सिटमा उम्मेदवारी दिने सहमति भएको छ । जसमा २९ सिट एमालेलाई र १४ सिट माओवादीले लिने भएको छ । बाँकी रहेका १३ सिटमा अन्य दलसँग सहकार्य गर्ने निर्णय भएको छ ।

 

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको कार्यदल बैठकले राष्ट्रियसभामा जम्मा ५९ जना सांसद रहने संवैधानिक व्यवस्था रहेको छ । जसमध्ये ३ जना राष्ट्रपतिबाट मनोनित हुनेछन् भने प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना सांसद निर्वा्चित हुनेछन् । वाम गठवन्धनले ४३ सिटका लागि मात्रै भागवण्डा मिलाएका छन् ।

 

कुन प्रदेशमा कति सिट पाउने गरी भागवण्डा मिल्यो ?

प्रदेश नम्बर १
एमाले ५
माओवादी १

प्रदेश नम्बर २
एमाले १
माओवादी १

प्रदेश नम्बर ३
एमाले ५
माओवादी १

प्रदेश नम्बर ४
एमाले ४
माओवादी २

प्रदेश नम्बर ५
एमाले ४
माओवादी २

प्रदेश नम्बर ६
एमाले ५
माओवादी ३

प्रदेश नम्बर ७
एमाले ४
माओवादी २

bam gathabandan

विशेष