राजनीति

यसकारण मनाङे जेल जाँदै, यस्तो थियो घटना

यसकारण मनाङे जेल जाँदै, यस्तो थियो घटना


काठमाडौं । २०६१ वैशाख ३१ मा काठमाडौं महाराजगन्जस्थित चुफाङ रेस्टरेन्टमा चक्रे मिलनलाई धारिलो हतियार प्रहार गरी बायाँ हात छिनाइदिएको आरोप मनाङेलगायत ५ जनालाई लागेको थियो । त्यसपछि मनाङेलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी २०६१ साल चैत १८ मा पक्राउ गरिएको थियो।

प्रहरीको अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतले २०६२ वैशाख १३ मा तत्काल पुर्पक्षका लागि ती पाँचजनालाई डिल्लीबजार कारागारमा थुनामा राख्न आदेश दिएको थियो । त्यसबेला मनाङेले कैद भुक्तान गरी २०६३ माघ २८ मा छुटेको प्रहरी अपराध महाशाखाको प्रहरीले राखेको आपराधिक अभिलेखमा उल्लेख छ । प्रहरीको अभिलेखमा मनाङेमाथि ९ वटा मुद्दा लागिसकेको छ ।

विशेष