कला साहित्य

गजल

सम्झना श्रेष्ठ (सर्गम)

गजल


रामायणमा सिताको श्रीमान राम थियो
काल्पनी मै गजल लेख्ने मेरो काम थियो

बुझेको खै त तिमीले रिसाउन थाली हाल्यौ
काल्पनीकको पात्रमा सोचको तिम्रै नाम थियो

तिम्रो नाम मलाइ थाहा छ किन सुनाउ सारालाइ
हल्लै हल्लाको संसारमा यति कै आराम थियो

मलाइ थाहा छ तिमी धेरै धेरै बुझ्ने मान्छे
रिसमा पनि लाग्छ मलाइ मेरै लागी सम्मान थियो

सिसाउछौ जब मन दुखे जस्तो हुन्छ कता कता
सायद माया नै मायाले रोमल्लिएको प्रमाण थियो

विशेष