भिडियो

घर बनाउनु भन्दा ठुलो बिकास त मानिसको मन बनाउनु पो हो

घर बनाउनु भन्दा ठुलो बिकास त मानिसको मन बनाउनु पो हो

 आज भन्दा ७२ वर्ष अगाडी नेपालको जनकपुरमा जन्मीनुभएका स्वामी आनन्द अरुण संगीतका पारखी हुनुहुन्थयो ।

जागीरे प्रतिष्ठा भएको परीवारमा जन्मीएकाले त्यतिबेला संगीत सृजना गर्ने उहांको सपना ईन्जिनियरमा परीणत भयो । बिद्यार्थी अवस्थामा तनाव, छटपट्टी र रोगले उहालाई सताईरह्यो यही पिडाबाट मुक्त हुन आफुलाई ओशोको हिमायतीको रुपमा उर्तानुभयो । “घर बनाउनु भन्दा ठुलो बिकास त मानीसको मन बनाउनु हो ।” भन्ने ओशोको प्रिय बचनले प्रेरित भएपछी उहाँले नेपालमा आएर तपोवनको स्थापना गर्नु भयाे ।

आज संसारका हज्जारौँ मानीसहरु उहालाई पछ्याईरहेका छन् । बिश्वका ८० भन्दा बढी देशका बासिन्दाले उहाँलाई अनुशरण गररिहेका छन् । “प्रेम र स्वतन्त्रता मानव जीवनका अमुल्य उपहार हुन । यिनलाई स्वीकार र प्रयोग गर्न जान्नुनै जिवन जीउने कला हो ।” भन्ने स्वामी आन्नद अरुण आफु पनी प्रेमी र स्वतन्त्र ब्यक्ती हुं भनेर आफुलाई परीभाषीत गर्नुहुन्छ । नेपाल लगायत अन्य मुलुकका पत्रपत्रिकामा अग्र पक्तींमा आउने स्वामी अरुण आफै एक कुशल लेखक पनी हुनुहुन्छ ।

हालसम्म उहांले करीव ६०० आलेखहरु तयार गरीसक्नु भएको छ । नेपालका बिभिन्न पत्रपत्रिका संचार माध्यम, अन्र्तवार्तामा पनी उत्तीकै सक्रिय भएर लागीरहनु भएको छ । हाम्रो सहकर्मी सुनिता डंगोलले उनै तपोवनका संस्थापक तथा ओशोका प्रचारक स्वामी आनन्द अरुणसंग गरीएको कुराकानी :

">

 

विशेष