विचित्र विश्व

'सेल्फी'काे अाधारमा हत्यारा पत्ता लाग्यो

'सेल्फी'काे अाधारमा हत्यारा पत्ता लाग्यो

क्यानडा । सामाजिक संजालमा पोष्ट गरिएको एउटा फोटोको आधारमा आफ्नै साथीको हत्या गर्ने एक क्यानडेली महिलालार्इ दोषी ठहर गरिएको छ ।

प्रहरीले सामाजिक संजालमा राखिएको घटना हुनुअघि लिइएको दुर्इ साथीहरूको सेल्फी फोटोमा हत्यामा प्रयोग भएको बेल्ट देखिएपछि २१ वर्षीया शायान रोज एन्टोनी नामक महिलालार्इ दोषी ठहर गरिएको हो ।

शायानले २ वर्षअघि १८ वर्षीया ब्रिटनी गार्गोल नामक आफ्नै साथीको हत्या गरेकी थिइन् । हत्यापश्चात् गार्गोल सस्काटूनस्थित् ल्याण्डफिल्ड नजिक एन्टोनीको बेल्टसहित मृत अवस्थामा फेला परेकी थिइन् ।

दुर्इ वर्षअघि दोस्रो दर्जाको हत्या आरोपमा एन्टोनीलार्इ सात वर्षको जेल सँजाय सुनाइएको थियो । गार्गोल मारिनुभन्दा केही घण्टाअगाडि पोष्ट भएको उक्त बेल्ट लगाएको एन्टोनीसहितको दुर्इ साथीहरूको सेल्फी फेसबुकमा भेटिएपछि सोही प्रमाणको आधारमा शायानलार्इ हत्या आरोपीको रूपमा ठहर गरिएको हो ।

यसअघि पक्राउ परेकी एन्टोनीले उक्त हत्या आफूले गरेको स्वीकारेकी थिइन् । उनले दुवैले मदिरा सेवन गरेको र चर्को झगडा भएपछि हत्या गरेको बयान दिएकी थिइन् । तर हत्याबारे प्रमाण नभेटिएपछि अनुसन्धान जारी रहेको अवस्थामा गत सोमबार भेटिएकाे प्रमाणको आधारमा उनी दोषी ठहरिएकी हुन् ।

विशेष