राजनीति

कांग्रेसको केन्द्रिय समिति बैठक आजबाट सुरु

कांग्रेसको केन्द्रिय समिति बैठक आजबाट सुरु


काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोगेको पराजयको समीक्षा , उम्मेदवार छनौट लगायतका बिषयमा छलफल गर्न नेपाली काग्रेसको केन्द्रिय समिति बैठक आज बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहान ११ बजेपछि बस्ने बैठकमा राष्ट्रिय सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाईनेको मापदण्ड र नामावली लगायत विषयमा पनि छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उहाँका अनुसार उमेदवार छान्न केन्द्रिय कार्यसम्पादन समिति र सम्सदिय समितिलाई अधिकार प्रत्यायोजन गर्ने र निर्वाचनमा ब्यहोरेको पराजयका बिषयमा छलफल गर्ने कार्यसुची रहेको छ ।

आजको बैठकमा पार्टीले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ब्याहोरेको हारबारे केन्द्रिय सदस्यहरुले आ आफ्नो धारणा राख्नेछन् । प्रवत्ता शर्माले बैठकमा निर्वाचनको पराजयको समिक्षका साथै पार्टीको आगामि रणनिति तय गर्ने बिषयमा सदस्यहरुको सुझाव लिने भएकाले केन्द्रिय समिति बैठक एक सातासम्म चल्ने बताए ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले चुनावी समिक्षा सहित पार्टीले लिनुपर्ने दिशाबारे लिखित अवधारणा नै प्रस्तुत गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।

प्रदेश र प्रतिनिधिसभा चुनावमा पार्टी नराम्ररी पराजित भएपछि सभापति देउवाको पछिल्लो समय कडा आलोचना भईरहेको छ । चुनावी नतिजालाई लिएर कांग्रेसभित्र अहिले नेतृत्व परिवर्तनको कुरा समेत उठ्दै आएको छ ।

विशेष