‘आफ्नै श्रीमति त बम्बै लगेर बेच्ने हामी नेपाली !’ (भिडियोसहित)
‘जब मोदी चीन पुगेर सन्धी गरे, चीनले त नेपाललाई बिर्सियो’
काठमाडौं । छिमेकी मुलुक भारतले नेपालको सीमाक्षेत्र मिच्ने घटना वर्षौँदेखि दोहोरिँदैआएका छन् । केही दिनअघि मात्रै वीरगञ्जस्थित नेपाली भूभाग भारतीय पक्षले मिच्यो ।
पटक–पटक यस्ता घटना दोहोरिनुको कारण भारतीय मिचाहा प्रबृत्ति मात्रै नभएर नेपाल सरकारकै कमजोरी पनि देख्छन् विज्ञहरु । सीमावीद् बुद्धीनारायण श्रेष्ठले यही सन्दर्भमा नेपालआजका लागि आधा घण्टा लामो अन्तरवार्ता दिएका छन् ।
सीमा क्षेत्रमा पिलर हराउनु, सीमांकन नै धमिलो हुँदै जाँदा दिर्घकालिन रुपमा नेपालको भूभाग थप जोखिममा पर्नसक्ने उनले औंल्याएका छन् । यसबाहेक खुला सीमा हुनुका कारण पनि नेपाल–भारत सीमामा समस्या उत्पन्न भएको उनको बुझाइ छ ।
यस्तै दुई देशबीच भएका पुराना सन्धी पुनरावलोकन तथा ब्याख्या गर्नाले पनि नेपालको सीमाको विषयमा स्पष्टता आउने उनको सुझाव छ । तर दुखद् के भने, नेपाल र भारतबीच भएका केही सन्धी नष्ट हुनु तथा केही सन्धीका ‘ओरिजिनल कपी’ समेत नेपालमा नरहनुले नेपाल सरकारकै लापरवाही र बेथिति देखाउँछ । यस्ता थुप्रै समस्याका बीच नेपाली पक्षले अति चनाखो भएर सीमांकन र सीमा व्यवस्थापन गराउनुपर्ने श्रेष्ठको सुझाव छ ।