राजनीति

प्रचण्डलाई घरमा भेट्न नपाइने

प्रचण्डलाई घरमा भेट्न नपाइने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुलाई उनको निवास ललितपुरस्थित खुमलटारमा भेटघाट गर्न नपाइने भएको छ।

प्रचण्डसँग हुने अब सबै भेट र राजनीतिक गतिविधि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मात्रै हुने भएको हो। उनको भेटघाट तथा कार्यक्रमको तालिका समेत अब केन्द्रीय कार्यालयले नै तय गर्ने भएको छ।

प्रचण्डको सचिवालयका अनुसार उनलाई भेट्न दिनहुँ सयौंको संख्यामा नेता, कार्यकर्ता र सर्वसाधारणको भीड लाग्न थालेपछि राजनीतिक गतिविधि तथा कार्यक्रम केन्द्रीय कार्यालयमा मात्र गर्न लागिएको हो।

प्रचण्ड आफैंले बोलाएका व्यक्तिबाहेक अरुले खुमलटार निवासमा भेट्न नपाउने उनको सचिवालयले जनाएको छ।

विशेष