राजनीति

भारतको सीमा मिचेपछि विवेकशील साझा पार्टीको यस्तो आयो विज्ञप्ती

भारतको सीमा मिचेपछि विवेकशील साझा पार्टीको यस्तो आयो विज्ञप्ती

काठमाडौ । नेपाल र भारतले संयुक्तरूपमा गरिरहेको ‘हराएका र क्षतिग्रस्त पिलर’को निर्माण र मर्मतका क्रममा वीरगन्ज महानगरपालिका–१, छप्कैया क्षेत्रमा स्थानीयवासीको ३० बिघाभन्दा बढी जमिन मिचिएको भन्नेबारे विवेकशील पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रवक्ता रमेश पौड्यालद्वारा जारी विज्ञप्तीमा भनिएको छ । नेपाल–भारत सीमा सर्वेक्षण टोलीको प्रयासमा भएको भनिएको पिलरहरुको निर्माण र मर्मतकार्यको सिलसिलामा सर्वेक्षण कार्यमा प्रयोग भएको प्रविधि, ऐतिहासिक तथ्य एवं नापनक्साका साथै हालसम्मको कार्यप्रगति बारे समस्त देशवासीलाई जानकारी गराउन हामी नेपाल सरकारलाई आग्रह गर्दछौं ।

सीमाना मिचिएका खबरहरू बारम्बार विगतमा पनि बाहिर नआएका होइनन् र त्यसबारे नेपालका सीमाविद्हरूले गम्भिर चिन्ता व्यक्त गर्दै आएका पनि छन् । देशको सीमानाजस्तो संवेदनशील विषयलाई गम्भिरतापूर्वक लिएर कहिँकतैबाट नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधीनतामा आँच आउने खालका कुनैपनि गतिविधि हुन नदिन नेपाल सरकार दृढ रहोस् भनि हामी अनुरोध गर्न चहान्छौं ।

विशेष