राजनीति भिडियो स्ट्रेट फरवार्ड

‘ज्ञानेन्द्र आउनुपर्दैन, बाइसे–चौबिसे राजाका सन्तान आउ अब’ (भिडियोसहित)

‘एमाले र कांग्रेसका केही टुप्पीलाई पश्चिमाले समातेको छ’

‘ज्ञानेन्द्र आउनुपर्दैन, बाइसे–चौबिसे राजाका सन्तान आउ अब’ (भिडियोसहित)

काठमाडौं । सुरक्षावीद् तथा नेपाली सेनाका पूर्व जर्नेल डा. प्रेमसिंह बस्न्यात पछिल्लो समय राजनीतिक विश्लेषणमा सक्रिय छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको धार्मिक भ्रमण भइरहँदा उनले राजसंस्थाको सान्दर्भिकता लगायत विषयमा नेपालआजको स्टुडियोमा अन्तरवार्ता दिए ।

 

बस्न्यातले पछिल्लो समय लोकतान्त्रिक दलहरुले ‘लुट मच्चाएको’ भन्दै राष्ट्रियताको प्रतिक राजसंस्था मात्रै हुनसक्ने बताएका छन् । साथै राजसंस्था हटाउने बेला समेत तत्कालिन सात राजनीतिक दल र पूर्वराजा ज्ञानेन्द्रबीच सम्झौता भएको दाबी गर्दै त्यसबारे असन्तुष्टि व्यक्त गरे ।

जसंस्थालाई ‘ताली पिटेर’ हटाउन नहुने भन्दै उनले फेरि पनि जनमत संग्रहमार्फत राजसंस्था ल्याउनु आवस्यकता रहेको जिकिर गरेका छन् ।

 

‘राजासँग सम्झौता भएकै हो, माधव नेपाल, प्रचण्ड, डा. बाबुराम भट्टराई, सिटौला लगायत नेताहरुलाई सब थाहा छ । उनीहरु अहिले बुझ पचाउँदैछन्,’ उनले भने, ‘राजसंस्था फेरेको त केही राम्रो होला की भनेर हो, तर पहिले राजा भन्दा पनि गणतन्त्रवादीहरु त हजार गुणा खराब भइदिए । त्यसैले हजार गुणा खराब भन्दा त खराब मात्रै ठीक नी ।’

 

यसबाहेक बस्नेतले नेत्रविक्रम चन्द विप्लवसँग केही आशा रहेको भन्दै कुनै बेला आफ्नो दुश्मन भए पनि देशलाई बिद्रोहको सम्भावना र आवस्यकता रहेको उनको भनाइ छ ।

ज्ञानेन्द्र शाह डा. प्रेमसिंह बस्न्यात स्ट्रेट फरवार्ड

विशेष