राजनीति भिडियो

‘अर्को क्रान्ति कर्णालीबाटै हुन्छ’ (भिडियोसहित)

क्रान्तिको भट्टीबाट आएका नेता पनि भाइ–कांग्रेस भए

‘अर्को क्रान्ति कर्णालीबाटै हुन्छ’ (भिडियोसहित)

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच वाम एकता अभ्यास भइरहँदा ती पार्टीका नेताहरुले आफ्नै किसिमले आवाज उठाउँदैआएका छन् ।


पार्टीभित्र दबाब दिने तहबाट नभए पनि उनीहरुले वाम एकता बैचारिक–सैद्धान्तिक रुपमै अघि बढ्नुपर्ने धारणा राख्दैआएका छन् । यही सन्दर्भमा नेपालआजसँगको यसपटकको बहस माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा कर्णाली जनअधिकार मञ्चका अध्यक्ष समेत रहेका प्रकाश रोकायासँग भएको छ ।

 

वाम एकता अहिलेको आवस्यकता भए पनि यसले जनहितको पक्षमा काम गर्नेमा उनमा शंका यथावत् छ । साथै कम्इुनिष्टहरुसँग जनताको अपेक्षा धेरै नै भएकाले उनीहरुले जनताकै बीचबाट अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

 

कर्णाली जनअधिकार मञ्चका अध्यक्ष समेत रहेका रोकायाले कर्णालीको अधिकारबारे पनि खुलेर आफ्ना बिचार राखेका छन् । अहिलेको संविधान ‘रिजर्भेसन’ सहित मानिएको भएकाले यो संविधानले पनि कर्णाली अधिकार स्थापित गर्न नसकेको उनको भनाइ थियो ।

 

‘हाम्रो अन्तिम लडाईँ कर्णाली विशेष स्वायत्त राज्य नै हो’ उनले भने, ‘राज्यमा गणतन्त्र आउँदा समेत कर्णालीलाई अधिकार दिइएको छैन ।’ साथै अर्को क्रान्ति कर्णालीबाटै उठ्ने पनि उनको घोषणा छ ।

 

 

विशेष