राजनीति

विपन्न बस्तीमा पुगेर सेवा गर्दै डा. केसी

विपन्न बस्तीमा पुगेर सेवा गर्दै डा. केसी

गौर । चिसोका कारण पीडित भएकाहरूको सेवाका लागि डा। गोविन्द केसी बिहीबार रौतहट आइपुगेका छन् ।

शीतलहरबाट पीडितलाई न्यानो कपडा सहयोग तथा स्वास्थ्य शिविर सञ्चालन गर्न उनी रौतहट आएका हुन् । उनले बिहीबार नै गढीमाई नगरपालिकाका हरैया र लक्ष्मीपुर, समनपुर सुन्दरपुर टोलका विपन्न बस्तीमा पुगेर कम्बल वितरण गरे । लक्ष्मीपुरको मुसहर बस्तीका विपन्नलाई पनि उनले कम्बल उपलब्ध गराए ।

उनले बिहीबार एक सय ५० थान कम्बल वितरण गरे । उनले मुसहर बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्य अवस्था जोखिममा रहेको सुनाए । तराई–मधेसमा चिसोका कारण ज्यान गुमाइरहेको अवस्थामा मानवीय सेवाका लागि आफू न्यानो कपडा वितरण र स्वास्थ्य शिविर सञ्चालन गर्न रौतहट आएको उनले बताए ।

उनले समनपुरमा रहेको स्वास्थ्य केन्द्रमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरे । डा। टोसिवा कार्की, अभिषेकराज सिंहलगायत सम्मिलित उनको टोलीले बिहीबार शिविरमा ५० जनाको स्वास्थ्य परीक्षण गरेको छ । शिविर शुक्रबार पनि सञ्चालन हुने सिंहले जानकारी दिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट

विशेष