राजनीति

प्रदेशसभा सदस्यको शपथ आइतबार

प्रदेशसभा सदस्यको शपथ आइतबार

काठमाडौँ । प्रदेश सभाको निर्वाचनबाट निर्वाचित सात प्रदेशका ५५० जना सदस्यको शपथ ग्रहण आइतबार सम्बन्धित प्रदेशमा हुने भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा प्रदेश प्रमुखहरूको शपथ सकिएलगत्तै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन सातै प्रदेशका प्रमुखलाई छुट्टाछुट्टै हस्तान्तरण गरे ।

त्यसपछि प्रदेश प्रमुख र आयोगका पदाधिकारीबीच भएको परामर्शमा राष्ट्रियसभा सदस्य निर्वाचनलाई ध्यानमा राखी प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण आइतबार हुने तय भएको हो ।

प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले भने, ‘‘राष्ट्रियसभा सदस्यको निर्वाचनलाई ध्यानमा राखी सातै प्रदेशका प्रमुखले आइतबार ११ बजेभित्र प्रदेशसभा सदस्यहरूलाई आ–आफ्नो प्रदेशमा शपथ गराउने समझदारी भएको छ । ’’

प्रदेश प्रमुखहरूले आफ्नो मतहतको निकायलाई शपथ ग्रहणको आवश्यक व्यवस्था मिलाउन निर्देशन दिने जानकारी पनि प्रदेश प्रमुख मल्लले बताए ।

विशेष