राजनीति

मधेसी नेता भन्दैछन्ः अनुराधा कोइराला पहाडे भएकैले प्रदेश प्रमुख बनाइयो

आरजु देउवासँग अनुराधा कोइरालाको कस्तो साँठगाँठ ?

मधेसी नेता भन्दैछन्ः अनुराधा कोइराला पहाडे भएकैले प्रदेश प्रमुख बनाइयो

काठमाडौं । सामजसेवीको रुपमा स्वच्छ छवी बनाएकी अनुराधा कोइरालालाई शेरबहादुर नेतृत्वको सरकारले प्रदेश प्रमुख बनायो । त्यसो त, कोइरालाको पारिवारिक सम्बन्ध नेपाली कांग्रेस पार्टीसँग गाँसिएको पहिलेदेखि नै हो ।

 

त्यसैमाथि उनी भारतीय गोर्खा फैजका सैनिक प्रतापसिंह गुरुङकी छोरी हुन् । गुरुङ दार्जिलिङका स्थायी बासिन्दा थिए । सोही क्रममा अनुराधाको जन्म दार्जिलिङमा भयो । पछि उनले जनकपुरका दिनेश कोइरालाको साथमा बिहे गरिन् ।

 

कानुनी र विधिवत हिसावले अनुराधा नेपालको बंशजको नागरिक बन्नसक्ने विश्वसनीय आधार छैन ।

 

तिनै कोइरालालाई प्रधानमन्त्री शेरबहादुर देउवाको ‘ठाडो आदेश’ मा प्रदेश नम्बर ३ को प्रमुख बनाइयो । यद्यपि उनको नामको विषयमा ब्यापक असन्तुष्टि उठेको छ ।

 

मधेसी समुदायमा खैलाबैला

पछिल्लो मन्त्रिपरिषद बैठकले अनुराधालाई प्रदेश प्रमुखमा नियुक्त गर्नासाथ सद्भावना पार्टीकी नेता सरिता गिरीले आफ्नो ट्वीटमा त्यस निर्णयको विरोध जनाएकी थिइन् । उनले अनुराधा नेपालको बंशज नागरिक नभएकोले उनलाई नियुक्त गरिनु संविधान विपरित भएको तर्क गरेकी थिइन् ।

 

गिरीको सोही ट्वीटलाई पछ्याउँदै अहिले मधेसी दलहरुभित्र अनुराधाको नामलाई लिएर सरकारविरोधी भावना फैलिएको छ । मधेसकेन्द्रित दलका प्रभावशाली नेताहरु यसलाई ‘पहाडे प्रबृत्ति’ को रुपमा ब्याख्या गर्न थालेका छन् ।

 

अनुराधा पहाडे महिला भएकैले उनलाई अंगिकृत भए पनि प्रदेश प्रमुख बनाइएको उनीहरुको बुझाइ छ । संघीय समाजवादी फोरमका एक नेताले भने, ‘कोइरालाको ठाउँमा अर्को कुनै मधेसी अंगिकृत महिला भएको भए यहाँ ठूलो आन्दोलन हुन्थ्यो होला । तर सरकारमा पहाडेकै बाहुल्य छ ।’

 

मधेसी अंगिकृत नागरिक भए ‘भारतीय’ भनेर विरोध हुनसक्ने तर पहाडे भएकाले विरोध नभएको मधेसी नेताहरुको बुझाइ छ । ‘हामीलाई भएको भए भारतीयको बिल्ला भिराइन्थ्यो । पहाडे भएर कसैले केही भनेन ।’

 


आरजुसँग साँठगाँठ

अनुराधा जति शालिन र भद्र देखिन्छिन्, त्यसको ठीक बिपरित उनका लुकेका पाटोबारे पनि बहस हुन थालेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नि आरजु राणासँग अनुराधाको पुरानै सम्बन्ध हो ।

 

पछिल्लो पटक ‘स्वच्छ छविको’ सार्वजनिक व्यक्तित्व भएको व्यक्तिलाई प्रदेश प्रमुख बनाउने भनेपछि आफू पनि त्यस परिभाषामा पर्ने भएर नै अनुराराधाले आरजुलाई पटक पटक भेटेकी थिइन् ।

 

सरकारको बैठक बस्नुभन्दा अघि महिनादिन यता मात्रै अनुराधाले पटक पटक आरजुलाई भेट्दैआएकी थिइन् । कांग्रेसमा देउवानिकट एक केन्द्रीय सदस्यका अनुसार अनुराधा र आरजुबीच घण्टौँसम्म बन्द कोठाभित्र छलफल हुँदैआएको थियो ।

 

ति नेताले अनुराधाले आरजुलाई आर्थिक प्रलोभनमा पारेको हुनसक्ने शंकेत पनि दिएका छन् । उनले भने, ‘आरजुले आर्थिक प्रलोभनमा केही नियुक्ति गरेका घटना ताजै छन् । यस घटनामा पनि अनुराधाले आरजुलाई खुसी बनाएकै हुनुपर्छ ।’

विशेष